विश्व हिन्दी दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा विविध कार्यक्रम

वीरगंज, २७ पुस । भारतीय महावाणिज्य दूतावास, वीरगंजले विश्व हिन्दी दिवस–२०२६ मनाएको छ ।
भारतीय महावाणिज्य दूत देवी सहाय मीणाले विश्वव्यापी मञ्चमा हिन्दी भाषाको व्यापकता र भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्ध प्रवद्र्धनमा यसको भूमिकामाथि प्रकाश पारेका थिए । उनले विश्व हिन्दी दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पाठ गर्दै विश्वव्यापी रूपमा हिन्दी भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्ने भारत सरकारको प्रतिबद्धतालाई जोड दिएका थिए ।
भारत र नेपाल बीचको पुरानो धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्धको महत्वबारे विद्यालयका विद्यार्थीहरूले भाषण र स्व–रचित कविता वाचन गरेका थिए ।
प्रतियोगिताका विजेताहरूलाई कन्सुल जनरल देवी सहाय मीणाले पुरस्कृत गरे ।
हिन्दी भाषा र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा रक्सौलको शारदा कला केन्द्रद्वारा प्रस्तुत गरिएको आकर्षक सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा शैक्षिक संस्था, उद्योग र वाणिज्यका प्रतिनिधिहरू, भारत–नेपाल मैत्री संघ, र अन्य हिन्दी प्रेमीहरू सहित विभिन्न क्षेत्रका प्रभावशाली संख्यामा प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

सम्बन्धित पोस्टहरुः