गढीमाई प्रिमियर लिगः अठराहा र गढीमाई क्लब विजयी

वीरगंज, २७ पुस । गढीमाई प्रिमियर लिग टी–२० प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका–२० हरपतगंजको अपौनीको खेल मैदानमा आइतवार भएको पहिलो प्रतियोगितामा अठराहा स्ट्राइकर र अल्फा एभेन्जेरबीच भएको थियो । अल्फालाई अठराहाले वाक ओभरमा जितेको थियो ।

त्यस्तै दोस्रो खेल गढीमाई वारियर र टेडा टाइगरबीच भएको थियो । टस जितेर ब्याटिङ गरेको टेडा टाइगरले १५८ रन मात्र बनाउन सक्यो । गढीमाईले १० ओभरमा १६६ रन बनाएर प्रतियोगिता जितेको थियो ।प्रतियोगिताको म्यान अफ दि म्याच गढीमाईका रन्जीत राम भएका थिए।

भोलिको प्रतियोगिता हरपतगंज युथ क्लब र सखुवाप्रसौनी क्लब र दोस्रो खेल जेनजी नेपाल र  सानो पाइला क्लब बीच हुने आयोजकले जनाएको छ।

सम्बन्धित पोस्टहरुः