कांग्रेस विशेष महाधिवेशनः देउवा कानुनविद्हरुसँग परामर्शमा, नयाँ नेतृत्व चयनतर्फ अग्रसर

वीरगंज , २८ पुस –

नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ उन्मुख बनेको अवस्थामा सभापति शेरबहादुर देउवा कानुनविद्हरुसँग परामर्शमा जुटेका छन्। बहुमत प्रतिनिधि महाधिवेशन पक्षमा देखिँदा वैधानिक विवाद उत्पन्न हुन सक्ने आशंकामा देउवाले आफू निकट नेता र कानुनविद्हरु राखेर छलफल सुरु गरेका हुन्।

निजी निवास महाराजगन्जमा आयोजित बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतका नेता सहभागी छन्। पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र कानुनविद् योगेन्द्रबहादुर कार्कीले कानुनी सल्लाह दिएका छन्।

महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी छ। बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले र विश्वप्रकाश शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका छन्। पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधिअनुसार केन्द्रीय कार्यसमिति भंग गरी नयाँ कार्यसमिति चयन गर्न सकिने व्यवस्था समेत छ।

पार्टी कार्यकर्ताहरूले फागुन २१ को निर्वाचनसम्म नयाँ नेतृत्व चयन आवश्यक भएको बताउँदै महाधिवेशन अघि बढाइरहेका छन्।

सम्बन्धित पोस्टहरुः