पर्साको गण्डकबाट चार किलो गाँजासहित सहनी पक्राउ

वीरगंज, २८ पुस । ४ के.जी. ५० ग्राम गाँजासहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पुस २७ गते बिहान ७ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा प्रहरी चौकी गण्डकले साइकलमा सवार वीरगंज महानगरपालिका वडा नं. २८ बगही बस्ने वर्ष ४५ को राम सुरेश सहनीलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

कम्मर भन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिकभित्र कालो रंगको धागोले सिलाई सेतो टेपले बेरी लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिकबाहेक ४ के.जी. ५० ग्राम फेला परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।

सहनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतले जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः