नेपाली कांग्रेस विशेष महाधिवेशनः बन्दसत्रबाट नेतृत्व चयन प्रक्रिया सुरु

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु भएको छ।

केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेसँगै मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया अघि बढाइएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली आजै राति पौने ९ बजे सार्वजनिक गरिनेछ।

त्यसैगरी मतदान प्रक्रिया आज राति ९ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभएको छ।

सम्बन्धित पोस्टहरुः