वीरगंज, २९ पुस । २०३ किलो ८५० ग्राम गाँजासहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पुस २९ गते बिहान ९ः३० बजेको समयमा प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १८ बडर्वास्थित मनहरीबाट कलैयातर्फ आउदै गरेको बिएसी २३४३ नं.को पिकअप चेक जाँच गर्ने क्रममा गाडीको पछाडीको भागमा फल्स बटम बनाई कालो प्लाष्टिकमा लागू औषध गाँजा २०३ किलो ८५० ग्राम (२० बिस पोका) ओसार पसार गर्दै गरेको अवस्थामा गाडी चालक जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०६ बस्ने २४ को निशान बहादुर सिन्चुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।














