वीरगंज , ३० पुस –
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र जारी विवाद समाधान गर्ने प्रयास सफल हुन नसकेको बताएका छन्।
बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा उनले लचकता अपनाएर पटक–पटक छलफल गरे पनि समाधान ननिस्किएको बताए। “धेरै प्रयास गरियो, तर अहिलेसम्म सहमति हुन सकेन,” उनले बैठकमा भने।
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनमा अघि बढिरहेका बेला संस्थापन समूह केन्द्रीय समिति बैठकमा जुटेको हो।














