स्कारपियोको ठक्करबाट महिला घाइते

वीरगंज । बाराको जितपुरमा आज बिहान ७ः३० बजे भएको सवारी दुर्घटनामा परी एक जना महिला घाइते भएकी छन । एनआइसी एशिया बैंक अगाडि भएको दुर्घटनामा परी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने वर्ष ५० की गिरिजा देवी रहेको बारा प्रहरीले जनाएको छ । वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको स्कारपियो नम्बर प्रदेश ३– ०१– ०२२ च १७५८ले उनलाई ठक्कर दिएर उनी घाइते भएको बारा प्रहरी मातहतको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । बाटो पार गरिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिएर उनी घाइते भएको प्रत्यक्षदशीहरुले बताएका छन ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रनानी प्रमोद शाहका अनुसार घाइते महिलालाई वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालको संघन उपचार कक्ष (आईसियूमा ) मा उपचार भइरहेको र ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।

घाइते महिलाको टाउको,मुख,छाती र खुट्टामा चोट लागेको छ ।

सम्बन्धित पोस्टहरुः