जिपिएलः टेढा र सखुवाप्रसौनी विजयी

परवानीपुर । वीरगंज–२० हरपतगंज(अपौनी)स्थित गढीमाई खेलमैदानमा जारी गढीमाई प्रिमियर लिगमा आज पनि दुई वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा टेढा टाइगर विजयी भएको छ भने अर्को खेलमा सखुवाप्रसौनी गापा विजयी भएको जनाइएको छ ।

बुधवार विहान ९ बजे भएको पहिलो खेलमा टस हारी पहिले ब्याटिङ गरेको जेनजी नेपालले निर्धारित १६ ओभरको खेलमा सबै ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा कुल १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको टेढा टाइगरले १५ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएर पहिलो खेल जितेको लिग आयोजकले जनाएको छ । सो खेलको म्यान अफ द म्याच टेढाका बलर सागर साह घोषित भए ।उनले सानदार बलिगको प्रदर्शन गर्दै जम्मा ४ विकेट लिएका थिए ।

त्यसैगरी, दिउँसो १ बजे शुरु भएको दोस्रंो खेलमा अल्फा एभेन्जर्सलाई ६० रनले पराजित गर्दै सखुवाप्रसौनी टाइगर विजयी भएको छ । टस हारी पहिले ब्याटिङ गरेको सुखवाप्रसौनीले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै कुल १२८ रन बनायो । जवाफी ब्याटि गरेको अल्फा एभेन्जरले १४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७८ रनमा समेटिएपछि खेल सखुवाप्रसौनीले जितेको हो । उक्त खेलको उत्कृष्ट खेलाडी सखुवाप्रसौनी टाइगरका अभय गिरी घोषित भए । बिहीवार पहिलो खेल हरपतगंज यूथ किंग र आठराहा स्ट्राइकर वीच र दोस्रो खेल जेनजी नेपाल र गढीमाई वारियर वीच हुने आयोजक समितिका दामोदर यादवले जानकारी गराए ।

सम्बन्धित पोस्टहरुः