वीरगंज, १ माघ । पूर्व प्रहरी महानिरीक्षक तथा समुन्नत नेपाल पार्टीका सभापति सर्वेन्द्र खनाल जनतामाझ प्रत्यक्ष संवाद गर्दै निरन्तर रूपमा विभिन्न क्षेत्रमा सक्रिय देखिनु भएको छ। सोही क्रममा उहाँ हाल बारा जिल्लाको परवानीपुर गाउँँपालिकाका विभिन्न वडाहरूमा जनसम्पर्क तथा भेटघाट कार्यक्रम सञ्चालन गरिरहनु भएको छ।
स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष छलफल गर्दै सभापति खनालले मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र समग्र विकासका विषयमा पार्टीको धारणा राख्नु भएको थियो। उहाँले जनताको वास्तविक समस्या सुन्नु र त्यसको समाधानका लागि राजनीति जिम्मेवार हुनुपर्ने बताउनु भयो।
परवानीपुर गाउँँपालिकाका स्थानीयहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ तथा रोजगारीका विषयमा आफ्ना गुनासो तथा सुझावहरू राखेका थिए। सो अवसरमा सभापति खनालले जनताको आवाजलाई नीति निर्माणसम्म पुर्रुयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समुन्नत नेपाल पार्टीले देशभर जनआधारित राजनीति गर्दै वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको र त्यसकै निरन्तरताका रूपमा यस्ता जनसम्पर्क कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने पार्टीले जनाएको छ।














