वीरगंज , ४ माघ –
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टी प्रवेश गरेका छन्।
उनसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् र आजै रास्वपामा प्रवेश गर्ने तयारीमा छन्।
बालेनको स्वागतमा रास्वपा कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो भीड देखिएको छ। पार्टीका अधिकारीहरूका अनुसार बालेन केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्नेछन्।
त्यसपछि उनी पार्टी सभापति रवि लामिछानेसहित आजै जनकपुर आउने कार्यक्रममा छन् र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने तयारीमा रहेका छन्।














