वीरगंज ४ माघ । श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न पहिलो खेलमा मुनलाइट सेकेन्डरी स्कूलले नेपाल कावेरी एकेडेमीलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
पहिलो हाफदेखि नै अग्रता बनाएको मुनलाइटले ६ गोल गरेको थियो भने नेपाल काबेरी एकेडेमीले एक गोल मात्र गर्न सक्यो । मुनलाइट सेकेन्डरी स्कूलका सुरेश मुखिया “म्यान अफ द म्याच” घोषित भएका छन् ।














