वीरगंज, ४ माघ ।
शैक्षिक सहीद मुकुन्द प्रसाद खनालको स्मृती दिवसको अवसरमा आइतवार मानव सेवा आश्रम, वीरगंजमा बेलुकाको खाना खुवाइएको छ । प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश कुमार उपाध्याय, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वसभापति प्रमोद कुशवाहा, प्रेमशंकर सिंह, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर लगायतको सहभागीतामा मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन गराइएको थियो ।
कार्यक्रममा पत्रकार तुलसी भण्डारीले शैक्षिक सहीद मुकुन्द खनालको शिक्षा एवं सामाजिक क्षेत्रमा गरेका अविस्मरणीय योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए ।














