नवदीप एकेडेमीका विद्यार्थीद्वारा सांस्कृतिक तथा नाट्य कार्यक्रम 

वीरगंज, ४ माघ । नवदीप एकेडेमीको १३औं वार्षिकोत्सवको दोस्रो दिन आइतवार पिजीदेखि कक्षा २ का विद्यार्थीहरूले सांस्कृतिक तथा नाट्य कार्यक्रम गरेर सबैलाई मनोरञ्जन गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बालबालिकाहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिँदै दर्शकहरूको मन जितेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका आनन्द लामिछानेले नवदिप एकेडेमी यो वर्षबाट माध्यमिक विद्यालयको अध्यापन गराउने इजाजत प्राप्त गरेकोले सफलताको शुभकामना दिनुभयो । साना बालबालिकाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमको प्रशंसा गर्दै उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, संस्कृति तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो  ।

उहाँले वार्षिक उत्सव मार्पmत अभिभावकहरूले वर्षभरि सञ्चालन गरिएका शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिको प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले बालबालिकाको सिकाइ वातावरण बुझ्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथिका रूपमा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा मानव सेवा संस्थापक देवेश साह, प्याब्सन वीरगंज नगर अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन प्रदेश उपाध्यक्ष इमामुदिन अहमद, नगर सचिव अमित आलोक, पूर्व नगर अध्यक्ष आलोक चौरसिया, पूर्व सचिव रानी पाख्रिन, माँ जागरण मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार राजन कुमार सिंह, जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई तथा सानो पाइला संस्थाका सदस्य रामकुमार तामाङलगायतको उपस्थिति रहेको थियो ।

एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीका भाइस प्रिन्सिपल इन्जिनियर विशाल साहले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरूपा पौडेलले गर्नुभएको थियो ।

 

सम्बन्धित पोस्टहरुः