पर्सा , ५ माघ –
पर्सामा गएराति भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बहुदरमाई नगरपालिका–७ भौराटारमा बस्ने अशोक साह कानुको खपडाको घरमा आगलागी हुँदा ठूलो क्षति भएको हो।
आगलागीका कारण घरभित्र रहेका अन्न, लत्ताकपडा, साइकलसहित दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएका छन्। आगोमा परेर एउटा भैंसी र केही बाखा समेत मरेका छन्।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ।
आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको पर्सा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकारात्मक फाइल फोटो














