वीरगंज , ५ माघ –
निवर्तमान सांसद अमरेशकुमार सिंहले देशमा रहेका तीन खलनायकलाई समाप्त गर्न एक नायक आवश्यक रहेको भन्दै उक्त भूमिका रवि लामिछानेले निभाउन सक्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा पार्टी प्रवेश गरेपछि सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संकेत गर्दै यिनै पात्रहरू देशको राजनीति बिगार्ने खलनायक भएको दाबी गरे। यस्ता खलनायकलाई परास्त गर्न रवि लामिछानेजस्तो नायकको आवश्यकता रहेको उनले बताए।
उनका अनुसार अबको राजनीति पुरानै अनुहार र शैलीबाट अघि बढ्न नसक्ने भन्दै जनताले नयाँ नेतृत्व खोजिरहेको स्पष्ट देखिएको छ।













