नेकपा पर्साका चार वटै क्षेत्रका उम्मेदवारको टुंगो

वीरगंज, ५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि फाुगन २१ को निर्वाचनमा लड्ने उम्मेदवारहरूको टुंगो लगाएको छ।

प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपाले पर्सा क्षेत्र नम्बर १ मा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। सिए (चार्टड एकाउन्टेन्ट) अजय चौरसियालाई नेकपाले उम्मेदवार बनाएको हो। चौरसिया वीरगंज महानगरपालिका वडा नम्बर –१६ का स्थायी बासिन्दा हुन्।त्यस्तै पर्सा क्षेत्र नम्बर २ मा नेकपाले पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीलाई उम्मेदवार बनाएको छ।

पर्सा क्षेत्र नम्बर ३ बाट छोटेलाल यादव र पर्सा क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्य जयप्रकाश थारूलाई उम्मेदवार बनाइएको नेकपाले जनाएको छ। थारू केही दिनअघि मात्रै नेकपा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका थिए। उनी नेकपाका केन्द्रिय सदस्य पनि हुन्।

 

सम्बन्धित पोस्टहरुः