वीरगंज , ६ माघ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। यसअघि बाँकी रहेको क्षेत्र नम्बर २ बाट वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
यससँगै पर्सा–१ बाट हरि पन्त, पर्सा–३ बाट रामाकान्त चौरसिया र पर्सा–४ बाट टेकबहादुर शाक्य उम्मेदवार बनेका छन्। केन्द्रीय सदस्य नन्दन यादवका अनुसार क्षेत्र नम्बर २ मा सुशील कानुको नाममा अन्तिम सहमति जुटेपछि पर्सामा रास्वपाको उम्मेदवार चयन प्रक्रिया पूरा भएको हो।
स्थानीय प्रभाव र पहिचान भएका व्यक्तिलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गरिएको रास्वपाले जनाएको छ।














