वीरगंज , ६ माघ –
नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाइसकेको छ। यसैक्रममा पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वमन्त्री तथा जसपा नेपाल परित्याग गरी एमाले प्रवेश गरेका प्रदीप यादव आज मनोनयन दर्ताका लागि तयारी अवस्थामा रहनुभएको छ।
एमाले स्रोतका अनुसार यादव केही बेरमै पर्साको जिल्ला समन्वय समितिमा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारीमा छन ।














