जसपा नेपालबाट पर्सा–१ र २ मा यादव र टेमानीको उम्मेदवारी दर्ता

वीरगंज ६ माघ –

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवारहरूले पर्सा जिल्लामा मनोनयन दर्ता गराएका छन्।

पर्सा क्षेत्र नम्बर १ बाट रामनरेश यादव र क्षेत्र नम्बर २ बाट उद्योगपति अशोक टेमानीले जिल्ला समन्वय समिति पर्सामा सञ्चालन भइरहेको निर्वाचन आयोगको कार्यालयमा आवश्यक कागजातसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

दर्ता प्रक्रियामा स्थानीय पार्टी नेता र कार्यकर्ताहरूको उपस्थिती रहेको थियो। उम्मेदवारहरूले मतदाताको विश्वास जित्ने र क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा आफ्नो सहभागिता जनाएका छन्।

सम्बन्धित पोस्टहरुः