वीरगंज , ६ माघ –
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूले पर्सा जिल्लामा उम्मेदवारी दर्ता गराएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट अनिल रुङटा र क्षेत्र नम्बर २ बाट अजय चौरसियाले जिल्ला समन्वय समिति पर्साको परिसरमा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उम्मेदवारहरूले लोकतन्त्र सुदृढीकरण, विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
निर्वाचन आयोगको तय गरिएको कार्यतालिकाअनुसार आज देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
सोहीक्रममा पर्सा जिल्लामा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन्।















