रास्वपाबाट पर्सा–१ मा पन्त र पर्सा–२ मा कानुको मनोनयन दर्ता

1200x150_1200x150-01.jpg (1)

वीरगंज ६ माघ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति बुद्धिप्रसाद (हरि) पन्त र वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील कुमार कानुले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

पन्तले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट तथा कानुले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका हुन्। उनीहरूले जिल्ला समन्वय समिति पर्साको परिसरमा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका थिए।

मनोनयन दर्ताका क्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टीले पर्सामा स्थानीय प्रभाव, पहिचान र संगठनात्मक आधार भएका उम्मेदवारलाई प्राथमिकता दिँदै चुनावी मैदानमा उतारेको जनाएको छ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै रास्वपाले पर्सा जिल्लामा संगठन परिचालन र चुनावी गतिविधि तीव्र बनाउने तयारी गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः