पर्सामा १०९ जना उम्मेदवारद्वारा मनोनयन दर्ता

वीरगंज ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा १०९ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा १०९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार पर्सा क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ।

पर्सा क्षेत्र नं. १ मा ३० जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख उम्मेदवारमा कांग्रेसबाट अनिलकुमार रूंगटा, एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया रहेका छन् ।

क्षेत्र नम्बर–२ मा ३२ जना प्रतिस्पर्धामा छन। कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमत पार्टीबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी उम्मेदवार छन।

क्षेत्र नम्बर–३ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रूपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमत पार्टीबाट माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन।

क्षेत्र नम्बर–४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन। कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमत पार्टीबाट सिमादेवी कलवार चुनावी प्रतिस्पर्धामा छन।

 

सम्बन्धित पोस्टहरुः