प्रतिनिधिसभा निर्वाचनका लागि चितवनमा ६५ जना उम्मेदवार

वीरगंज , ७ माघ –

आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन जिल्लामा कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार सम्पन्न मनोनयन दर्ताअनुसार चितवन जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम दर्ता भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीन पदका लागि प्रतिस्पर्धा तीव्र देखिएको छ।

उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा चार जना तथा क्षेत्र नम्बर २ र ३ मा छ–छ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। बाँकी उम्मेदवार विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्। मनोनयन दर्ता सकिएसँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ।

सम्बन्धित पोस्टहरुः