अन्तर–विद्यालय फुटबलः मूनलाइट र लिटल फ्लावर सेमिफाइनलमा

वीरगंज ७ माघ । डि.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा मूनलाइट सेकेन्डरी स्कूलले मोडर्न हाई स्कूललाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । मूनलाइटका अबुलेश गद्दी  म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा लिटल फ्लावर स्कूलले डी.ए.भी. स्कूललाई ६–२ गोलको अन्तरले पराजित गरेको छ । लिटल फ्लावरका दीपक यादव म्यान अफ द म्याच घोषित भए ।

आज सम्पन्न खेलहरूको नतिजा अनुसार मूनलाइट र लिटल फ्लावर प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

सम्बन्धित पोस्टहरुः