सप्तरी–२ मा सिके राउतलाई आफ्नै सहकर्मीको चुनौती

वीरगंज , ८ माघ

२०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत मधेसभरि चर्चामा रहे। उनकै प्रभावमा जनमत पार्टी राष्ट्रिय दल बन्यो र राउत सप्तरी–२ बाट भारी मतसहित विजयी भए। त्यही चुनावमा उनका प्रतिस्पर्धी उपेन्द्र यादव पराजित भए।

तर साढे तीन वर्षमै राउत नेतृत्वको जनमत पार्टी आन्तरिक रूपमा कमजोर बनेको देखिन्छ। यस पटकको निर्वाचनमा राउतलाई आफ्नै पूर्व सहकर्मीबाट चुनौती सामना गर्नुपरेको छ। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले पार्टी छाडेर स्वाभिमान पार्टीबाट सप्तरी–२ मा उम्मेदवारी दिएका छन्।

यसै क्षेत्रमा जनता समाजवादी पार्टीबाट पूर्वमन्त्री उमेश यादव उम्मेदवार बनेका छन्। यादव बाहुल्य क्षेत्र भएकाले उनलाई राउतका लागि बलियो चुनौतीका रूपमा हेरिएको छ। सप्तरी सदरमुकाम राजविराजसमेत यही क्षेत्रमा पर्छ।
कांग्रेसबाट रामकुमार यादव, रास्वपाबाट रामजी यादव, एमालेबाट मो. जियाउल रहमानसहित थुप्रै दलका उम्मेदवार मैदानमा छन्।

यस क्षेत्रको अर्को संयोग के छ भने २०६४ यता कसैले पनि दोहोर्‍याएर चुनाव जित्न सकेका छैनन्। यही कारण राउतले पुनः जनताको विश्वास जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न यसपटकको चुनावको मुख्य चासो बनेको छ।

सम्बन्धित पोस्टहरुः