वीरगंज, ८ माघ –
पर्साका सुरक्षा अधिकारीहरूले आगामी निर्वाचनलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाको छपकैयमा रहेका मतदानकेन्द्रहरुको अनुगमन गरेका छन् ।
सुरक्षा अधिकारीहरूको टोलीले वीरगंज महानगर–३ स्थित तारा चन्द्र आधारभूत विद्यालयमा रहेको ६ वटा मतदान केन्द्र र मालपोतमा पर्ने ४ मतदान केन्द्रको अनुगमन गरेका हुन ।
अनुगमन पश्चात त्यहाँको सुरक्षा अवस्थाको बारेमा समिक्षा गरिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ ।













