राधेश्याम पटेल, वीरगंज, ९ पुस ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेड क्वाटर पर्साले विविध कार्याक्रम गरी रजत जयन्ती महोत्सव मनाएको छ । चिनीमिल पिपरास्थित गणको सभाहलमा आयोजित समारोहको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरे । कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी देशमा जुन पनि संकटकालिन अवस्थामा उच्च मनोबलको साथ काम गर्दै आएको र अगामि दिनमा पनि देशमा शान्ति सुव्यवस्था कायम गर्न र सीमा क्षेत्रको अवैध गतिविधिलाई निस्तेज पार्न सशस्त्र प्रहरीको भूमिका अपरिहार्य रहेको उनले जोड दिए । उनले भने,‘सशस्त्र प्रहरी स्थापना भएको २५ वर्ष पुरा गरी २६ वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना तथा बधाई दिन चाहन्छु,यो खुशीको दिन हो,वषन्त पञ्चमीको दिन पनि हो आज सबैलाई भगवानले सदबुद्धि दिउन,देश प्रगतिको मार्गमा अघि बढोस ।’ सशस्त्र प्रहरी अझै उच्च मनोबलको साथ प्रभावकारी सेवा दिनुपर्छ भन्दै हौसला बढाए ।’
देश अहिले कठिन मोडबाट गुज्रिरहेकोले यो अवस्थामा देश भित्र र देश बाहिर,जस्तै शान्ति मिसनमा समेत सशस्त्र प्रहरीको योगदानको जति चर्चा गर्दा कम नै हुने भन्दै उनले प्रशंसा गरे । कार्यक्रमका विशिष्ट अतिथि एवं पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले २५ वर्षे इतिहास बोकेको सशस्त्र प्रहरीको लागि आजको दिन गौरवपूर्ण र एतिहासिक रहेको समेत चर्चा गरे । उनले शान्ति सुरक्षाको सवालमा अथवा विपदको समयमा समेत सशस्त्र प्रहरीले सुरक्षाको एउटा महत्वपूर्ण पिलरको रुपमा समेत काम गर्दै आएकोमा प्रशसां समेत गरेका थिए । कार्यक्रमका अध्यक्षता गरेका पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले आजको दिन देशभरी नै खुशीयाली साथ विविध कर्यक्रम गरी मनाइएको चर्चा गर्दै उनले देशको सौर्भिकता जोगाउन र सीमाको सुरक्षाको लागि सशस्त्र प्रहरीले २४ घण्टा खटिरहेको बताए । सशस्त्र प्रहरीबाट हुने कमिकमजोरीलाई समेत सच्याउदै अघि बढने संगठनलाई अझै जवाफदेही बनाउदै लैजानु पर्ने आजको आवश्कतासमेत रहेको उनले बताए ।
साथै,सीमावासीसंग सुमधुर सम्बन्ध बनाएर देशको रक्षाको लागि समेत आफुहरुले अहम भूमिका निर्वाह गरेको चर्चा गर्दै यो पुनित कार्यमा समेत अन्य सरोकारवाला निकायले हातोमालो गरेकोमा सबै प्रति उनले कृतज्ञता व्यक्त गरेका थिए । सोही अवसरमा श्रीश्रीजंग गण वीरगंजका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रनाउ हरिबहादुर वस्नेत, अनुसन्धन उपनिर्देशक सन्तोष ढुङगेल,र सशस्त्र प्रहरी पकहामैनपुर स्थानाको लागि एक करोडभन्दा बढिको जग्गा अर्थात करिब ३ कठा जग्गा दान गरेका पकहामैनपुर गाविसका पुर्व अध्यक्ष मदन चौरसियालाई प्रशंसापत्र सहित सम्मानित गरिएको थियो । साथै,२५ वर्ष सेवा अवधी पुरा गरेका ३३ जनालाई ब्याच प्रदान गरी सुशोभित समेत गरिएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरीको कलाकारहरुले राष्ट्रभक्तियुक्त साङेगिक प्रस्तुति समेत देखाएका थिए ।
















