पर्सा मदिरा व्यवसायी संघको साधारण सभा सम्पन्न

वीरगंज, १० माघ ।  पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारणसभा शनिवार होटेल पुजनमा  सम्पन्न भएको छ ।

संघका अध्यक्ष  चिनिलाल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतम, बिशिष्ट अतिथि नेपाल वार एकाई पर्साका अध्यक्ष रामनारायण कुर्मी, संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

संघका उपाध्यक्ष सन्दीप गुप्ताले स्वागत मन्तव्य, महासचिव प्रदिप लोहारले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष राकेश साहद्वारा  आर्थिक वर्ष २०८०–८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरीएको थियो ।

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको संघले जनाएको छ। सभामा संघको दर्ता नवीकरण सम्बन्धी निर्णय, नयाँ लेखापरीक्षक नियुक्ति, संघका विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संघको संगठनात्मक सुदृढीकरण सम्बन्धी प्रस्तावहरू पनि पेश गरिएको थियो ।

यसका साथै मदिरा व्यवसायसँग सम्बन्धीत समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झनझट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

सभाको बन्द सत्र बाट नयाँ कार्यसमितिमा अध्यक्ष चिनिलाल पटेल, उपाध्यक्ष संदिप कुमार गुप्ता, महासचिव प्रदिप कुमार लोहार, सचिव रबिन्द्र प्रताप साह, कोषाध्यक्ष राकेश कुमार साह  सदस्यमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई,राम कुमार यादव र रन्जित जैसवाल सर्व सम्मत चयन भएका छन ।

सम्बन्धित पोस्टहरुः