अनिल रुंग्टाद्वारा गहवामाईँ मन्दिरमा पूजापाठसहित चुनावी अभियानको औपचारिक सुरुआत

वीरगंज ११ माघ –

नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्।

चुनावी गतिविधि प्रारम्भ गर्नुअघि रुंग्टाले वीरगंजस्थित गहवामाईँ मन्दिरमा पूजापाठ गर्दै सफलताको कामना गरेका थिए। धार्मिक अनुष्ठानपछि उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी कार्यक्रमलाई अघि बढाएका छन्।

उनको सचिवालयका अनुसार निर्वाचन लक्षित प्रचार–प्रसार, कार्यकर्ता परिचालन तथा घरदैलो कार्यक्रम सुरु भइसकेको छ।

आगामी दिनहरूमा पर्सा क्षेत्र नम्बर–१ का विभिन्न स्थानमा पुगेर मतदातासँग संवाद गर्दै अभियानलाई थप सशक्त बनाइने तयारी रहेको जनाइएको छ।

कांग्रेसबाट उम्मेदवार बनेपछि रुंग्टाले जनताको विश्वास जित्दै विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको सचिवालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः