राष्ट्रियसभा सदस्य चुनावमा कांग्रेस–एमाले–लोसपा गठबन्धनको क्लिन स्वीप

वीरगंज , ११ माघ –

राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनले सबै सिटमा जीत हासिल गरेको छ।

गठबन्धनअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट जितेका छन्। आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ पदमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ पद बाहेक १८ पदका लागि निर्वाचन भएको हो। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि आज मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आज भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ, जसलाई आयोगले उत्साहजनक सहभागिता भनेको छ।

प्रदेशगत रूपमा निर्वाचित उम्मेदवारहरू यसप्रकार छन् :

कोशी प्रदेश
– सुनिलबहादुर थापा (नेपाली कांग्रेस) – निर्विरोध
– रोशनी मेचे (नेकपा एमाले)
– सोमनाथ पोर्तेल (नेकपा एमाले)

मधेश प्रदेश
– धमेन्द्र पासवान (नेपाली कांग्रेस)
– रञ्जित कर्ण (नेपाली कांग्रेस)
– महन्थ ठाकुर (लोसपा)
– रेखाकुमारी झा (नेकपा एमाले)

बागमती प्रदेश
– गीता देवकोटा (नेपाली कांग्रेस)
– प्रेमप्रसाद दंगाल (नेकपा एमाले)

गण्डकी प्रदेश
– सम्झना देवकोटा (नेकपा एमाले)
– जगत तिमिल्सिना (नेपाली कांग्रेस)

लुम्बिनी प्रदेश
– बासुदेव जंगली (नेपाली कांग्रेस)
– चन्द्रबहादुर केसी (नेपाली कांग्रेस)
– रामकुमारी झाक्री (नेकपा एमाले)

कर्णाली प्रदेश
– ललितजङ्ग शाही (नेपाली कांग्रेस)
– मीनासिंह रखाल (नेकपा एमाले)

सुदूरपश्चिम प्रदेश
– लीलाकुमारी भण्डारी (नेकपा एमाले)
– खम्मबहादुर खाती (नेपाली कांग्रेस)

गठबन्धनले सबै सिटमा जीत हासिल गरेसँगै राष्ट्रियसभामा सत्तारुढ दलहरूको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः