पर्साको ठोरीमा ५५ केजी गाँजासहित एक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज १२ माघ –

पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, विशालचोकस्थित एक घरबाट प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठोरीले सुरेश श्रेष्ठको घरमा छापा मार्दा लुकाइ राखिएको ५५ केजी गाँजा बरामद भएको हो।

पक्राउ परेका सुरेश श्रेष्ठलाई लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पत्रकार सम्मेलनमार्फत बरामद गाँजा र पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले छापामारी स्थानीयवासीको सूचनाको आधारमा गरिएको र अनुसन्धान कार्य जारी रहेको पनि जनाएको छ।

सम्बन्धित पोस्टहरुः