वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइयो

वीरगंज , १२ माघ –

भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले आज कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले भाषण र नृत्य प्रस्तुत गर्दै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्धको महत्वबारे चर्चा गरे।

भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले कार्यक्रमको उद्घाटन गर्दै भारतले आर्थिक प्रगति र संस्कृतिको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए। उनले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रममा हिन्दी भाषा र संस्कृतिप्रति रुचि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा शैक्षिक संस्था, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि र भारत–नेपाल मैत्री सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः