वीरगंज १२ माघ । प्याब्सन पर्साको आयोजनामा नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता र जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन सोमवार पाँचवटा प्रतियोगिता भएका छन् ।
क्रिकेटतर्फ पहिलो खेलमा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुललाई ६४ रनले हरायो । दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले पराजित गर्यो भने तेस्रो खेलमा गौतम माध्यमिक विद्यालयले माउण्ट मकालुलाई ६ विकेटले हरायो । यस दिनको म्यान अफ द म्याच क्रमशः ज्ञानदाका खिलराज सर्राफ, साउथ जोनका अशोक बैठा र गौतमका विराट पाण्डे घोषित भए ।
जुनियर फुटबलतर्फ पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० ले हरायो भने दोस्रो खेलमा मुनलाइट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि १०–० को फराकिलो जित निकाल्यो । तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० ले हरायो भने चौथो खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० ले पराजित गर्यो । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।














