पूर्वमन्त्री चौरसिया घाइते,सिता हस्पिटलमा उपचार हुदै

वीरगंज , १२ माघ/
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया घरभित्रको भर्‍याङमा लडेर घाइते भएका छन्। हिजो लड्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो।

पर्सा निर्वाचन क्षेत्र नम्बर- २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका चौरसियाको वीरगंजस्थित सिता हस्पिटलमा उपचार भइरहेको थियो।

अस्पतालमा आवश्यक उपचारपछि उनलाई डिस्चार्ज गरी घर फर्काइएको छ। चिकित्सकका अनुसार चौरसियाको अवस्था सामान्य रहेको छ। उनलाई एक–दुई दिन घरमै आराम गर्न सुझाव दिइएको अस्पताल स्रोतले जनाएको छ।

सम्बन्धित पोस्टहरुः