आचारसंहिता उल्लङ्घन आरोपमा पाँच उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण

वीरगंज , १३ माघ –

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।

आयोगले झापा–५ का बालेन्द्र शाह, भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ, रुपन्देही–२ का निकोलस भुसाल र भक्तपुर–२ की उम्मेदवार जानुका पाठकसँग स्पष्टीकरण माग गरेको हो।

बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीप्रति अमर्यादित टिप्पणी गरेको आरोप छ।

महेश बस्नेतमाथि बालेनप्रति असभ्य शब्द प्रयोग गरेको, हर्क साम्पाङमाथि चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको तथा टी–सर्ट लगाउन लगाएको आरोप लगाइएको छ।

यस्तै निकोलस भुसाललाई नवयुवा आन्दोलनको जुत्तालाई चुनाव चिह्नका रूपमा प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।

भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

सम्बन्धित पोस्टहरुः