गौशालामा वडाध्यक्षको नेतृत्वमा तालाबन्दी, प्रशासनिक काम प्रभावित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १३ माघ –

महोत्तरीको गौशाला नगरपालिकामा वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ। वडाध्यक्ष साहले गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी रोक्का गरिएको र चालु वर्षको योजना बाँडफाँटमा असमान व्यवहार भएको आरोप लगाएका छन्।

तालाबन्दीका कारण नगरप्रमुख डा. दीपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीको कार्यकक्षमा ताला लगाइएको र कार्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ। वडाध्यक्ष साहले आफ्नो वडामा बजेट अनियमित रूपमा विनियोजन गरिएको भन्दै ताला नखोल्ने चेतावनी दिएका छन्।

नगरप्रमुख महतोले भने केही योजनामा आर्थिक अनियमितताको गुनासो आएपछि भुक्तानी प्रक्रिया रोकिएको र योजना बाँडफाँटको विषय नगरसभासँग सम्बन्धित भएकाले जवाफ नगरसभाले दिने बताए। उनले बुधबारदेखि नियमित कामकाज पुनः सञ्चालन हुने जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः