वीरगंज, १३ माघ । प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन ।
प्रतियोगितामा जीवनज्योति, मनकामना र वीरगंज स्कूल विजयी भएको छ । पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित ग¥यो। जीवनज्योतिले टस जितेर ब्याटिङ गर्दै विकेट नखसाली १३० रन बनायो। जवाफमा रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले हरायो। न्यु वेभले टस जितेर बलिङ रोजे पनि मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनायो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सीमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम म्यान अफ द म्याच बने।
तेस्रो खेलमा वीरगंज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले पराजित ग¥यो। सफ्फाह आइडियलले टस जितेर बलिङ रोजेपछि वीरगंज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। वीरगंज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।
यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिताको चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन। पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले हरायो। आशिष साह म्यान अफ द म्याच बने।
दोस्रो खेलमा साउथ जोन र लिटल फ्लावरबीचको प्रतिस्पर्धा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित हात पा¥यो। साउथ जोनका गोलकिपर नविन यादव म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा विकन माविले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित ग¥यो। सफ्रोज मियाँँ म्यान अफ द म्याच बने। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले हरायो। सफल एकेडेमीका लक्की चौधरी म्यान अफ द म्याच घोषित भएको प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा संयोजक सुशीला साहले जानकारी दिएकी छन् ।








