अधिवक्ता एकरामुल हकमाथि भएको घटनाप्रति वार एशोसिएशनको ध्यानाकर्षण

वीरगंज, १३ माघ । बारा जिल्ला अदालत वार एशोसिएशन, कलैयाले आज प्रेस विज्ञप्ति जारी गरी एशोसिएशनको सदस्य अधिवक्ता एकरामुल हक उपर जबरदस्ती करणी गरेको सम्बन्धमा जाहेरी दर्खास्त दर्ता भई अनुसन्धान भइरहेको बिषयमा विभिन्न सामाजिक सञ्जाल, अन लाईन, पत्रिकामा प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल वार एशोसिएशन तथा बारा वार एशोसिएशन कानूनको शासन, स्वतन्त्रता तथा समानताको हक लगायत न्याय प्राप्तीमा पारदर्शीता कायम गरी न्याय प्राप्तीको लागी यथक प्रयास गर्दै आईरहेकोमा यस वारका सदस्य अधिवक्ता एकरामुल हक उक्त वारदातमा भईरहको अनुसन्धानबाट दोषी देखिएमा निजलाई कानून बमोजिम कारवाही र सजाय हुने कुरामा बिमती राख्दैन, पीडितलाई यस वारबाट यथोचित सहयोग समेत हुने कुरामा विवाद गर्न सकिदैन । सो सम्बन्धमा एकरामुलसँग कुरा गर्दा निजले पीडितको कुनै मुद्दामा कानून व्यवसायी नरहेको, कुनै मुद्दा मामिला नलेखेको, आफनो पिताआमासँग भेंट गरी नालेश लेख्न भनी कलैयाबाट मलाई बोलाई सिमरा होटेलमा लगेको, होटेलमा पहिलो पटक जाँदा निजको पिताआमा नहुँदा म फर्केर बाहिर आएको, पछि जाँदा समेत कोही नआएकोमा ५ मिनेटमा पुग्नु हुन्छ एकछिन बस्नुस भनी भनेकोमा ५ मिनेटपछि निजले पहिलेदेखि गरेको प्लानिंग अनुसार ५।६ जना व्यक्ति आई निर्धात रूपमा कुटपिट गरी मेरो लुगा समेत फुकाली फसाएको भनी जानकारी गराएको हुँदा दुवै पक्षको आआफनो बयान रहेको अवस्थामा प्रहरीको अनुसन्धानबाट निज दोषी साबित हुनु अगावै पीडितको तर्फबाट तथा विभिन्न अनलाईन खवर मार्फत निज एकरामूल हकलाई निर्घात रूपमा मरणासन्न हुने गरी अमानवीय व्यवहार गरी कुटपिट गरेको र सोलाई प्रसारण गरी अदालतबाट फैसला हुनु अगावै सोसल मिडियाबाट निजलाई दोषी नै करार दिई संगठीत रूपमा अमानवीय व्यवहार गरीनुबाट कानूनी शासनको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाका दोषी उपर कानून बमोजिम कार्बाही सम्बन्धीत निकायबाट हुने नै भएकोले अभियोग लागेकै आधारमा कसैलाई निर्घात रूपमा कुटपिट गर्ने, अमानवीय व्यहवार गर्ने समाचार प्रकाशित गर्ने गराउने कार्य पूर्व नियोजित रूपमा योजना बनाई एउटा अधिवक्तालाई झुठा मुद्धामा फसाउने तथा निजको चरित्र हत्या गर्ने उद्देश्यले होटलमा प्रवेश गरेको ३–४ मिनेट भित्रै सामुहिक रूपमा व्यक्तिहरू प्रवेश गरी कोठा भित्र पसी व्यक्तिको कपडा जबरजस्ती खोली अर्धनग्न पारी अमानविय तरिकाबाट कुटपिट गर्दै सार्वजनिक वाटोमा ल्याई कुटपिट गर्नु र त्यसको भिडियो रेकर्ड बनाउनु र सोसल मेडियामा भाइरल गर्नु कार्यबाट नै अधिवक्ता एकरामुल हकलाई हनी ट्यापमा पारी फसाइएको तथ्य प्रष्ट देखिएबाट त्यस्ता अनैतिक कार्य गर्ने व्यक्ति र समुहको पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गरी कानुनी शासनको परिपालना गर्न गराउन वारका अध्यक्ष उमेशप्रसाद जयसवाल र सचिव समसोद्दिन हवारीले विज्ञप्तिमार्फत माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः