बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या, दुई जना गम्भीर घाइते

वीरगंज , १४ माघ –

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको आज बिहान करिब ३ बजेतिर घटनास्थलमै मृत्यु भएको हो।

घटनामा परिवारकै ५० वर्षीय जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः