मितेरीपुलमा नवनिर्मित सीमा सुरक्षा पोष्ट उद्घाटन

वीरगंज १४ माघ –

वीरगंजस्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको उद्घाटन गरिएको छ । वीरगंज महानगरको सहयोग , ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गणको सहकार्यमा सञ्चालन भइरहेको मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रमअन्तर्गत उक्त पोष्ट निर्माण गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वीरगंज महानगरका नगर प्रमुख राजेशमान सहिंले सीमाक्षेत्रमा आधुनिक सुरक्षा पोष्ट निर्माणले सीमा सुरक्षा मजबुत हुनुका साथै अव्यवस्थित गतिविधि नियन्त्रण, आवागमन व्यवस्थापन हुने बताए । यसैगरी सशस्त्र प्रहरी बल नं.–१३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द भट्टले सीमाक्षेत्रको शान्ति सुरक्षामा सशस्त्र प्रहरी प्रतिबद्ध रहेको बताए ।

ग्रीन सिटि सामूदाय सेवा केन्द्रका अध्यक्ष जयप्रकास खेतानको अध्यक्षता र वीरगंज महानगरका प्रमुख सिंहको प्रमुख आतिथ्यतासम्म सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारि भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, ट्राफिक प्रहरी प्रमुख युवराज कटवाल तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी लगायतको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः