वीरगंजमा , १४ माघ –
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने उद्देश्यले एमालेले वीरगंजमा बैठक आयोजना गरेको छ।
पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका नेता–कार्यकर्ताले एकताबद्ध भएर चुनावी अभियान अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
बुधबार सम्पन्न एमाले वीरगंजमा महानगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवले पार्टीका नेता तथा कार्यकर्ताको सक्रियता देखेर आफूमा थप ऊर्जा र मनोबल बढेको बताए।
वीरगंजमा महानगर कमिटीका कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा भएको बैठकमा महानगर इन्चार्ज विचारी यादवको पनि उपस्थिति रहेको थियो।
बैठकले आगामी निर्वाचनलाई प्रभावकारी बनाउन ५५१ सदस्यीय वीरगंजमा महानगर निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार तथा जनआधार मजबुत बनाउने विषयमा नेताहरूले धारणा राख्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।
बैठकमा पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेलगायत पार्टीका केन्द्रीय, जिल्ला र महानगर तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।








