टी–२० नकआउट क्रिकेटः  मुनलाइट, बीरगंज एकेडेमी, गोल्डेन विजेता

वीरगंज, १५ माघ ।  प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत सातौं दिन भएको पहिलो खेलमा वीरगंज एकेडेमीले हिमालयन पिरामिडलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको वीरगंज एकेडेमीले ५ विकेटको क्षतिमा १५० रन बनायो। जवाफमा हिमालयन पिरामिड पुरा ओभर खेल्दा पनि ४८ रनमै सिमित रह्यो। यस खेलका म्यान अफ द म्याच वीरगंज एकेडेमीका अरबाज अन्सारी घोषित भए।

दोस्रो खेलमा मुनलाइट माध्यमिक विद्यालयले विद्यासागर माध्यमिक विद्यालयलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको विद्यासागर माविले ८ विकेट गुमाउँदै ९८ रन बनायो। मुनलाइट माविले उक्त लक्ष्य १४ ओभरमा ६ विकेट खर्चेर पूरा गर्दै जित हात पा¥यो। यस खेलका म्यान अफ द म्याच मुनलाइटका विक्की यादव बनेका थिए।

तेस्रो खेलमा गोल्डेन फ्युचर विद्यालयले एसआर ग्यालेक्सी एकेडेमीलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको एसआर ग्यालेक्सी एकेडेमी १२.३ ओभरमै अलआउट हुँदै ५९ रनमा सिमित रह्यो । गोल्डेन फ्युचरले सो लक्ष्य १०.४ ओभरमा ६ विकेट खर्चेर सहज रूपमा पूरा ग¥यो। यस खेलका म्यान अफ द म्याच गोल्डेन फ्युचरका आयन आलम घोषित भएका छन् ।

 

सम्बन्धित पोस्टहरुः