माघ २१ देखि ज्ञानु देवी मेमोरियल कप प्रतियोगिता हुने

वीरगंज, १५ माघ ।  ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल कप प्रतियोगिता आगामी माघ २१ गतेदेखि २७ गतेसम्म हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताले आफ्नो आमा ज्ञानुदेवीको सम्झनामा पहिलो संस्करणको ज्ञानुदेवी मेमोरियल फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

जुनियर फुटबल कपमा १६ वटा विद्यालयहरूले सहभागी हुने पत्रकार सम्मेलनमा गुप्ताले बताए ।

पत्रकार सम्मेलनमा  चन्दन सिंह, दीपा थापा, प्रदीप तिवारी, उज्ज्वल घिमिरे लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः