रास्वपा उम्मेदवार अरविन्द साहद्वारा विश्वम्भरपुरमा घरदैलो

वीरगंज १६ माघ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै साहले आफ्नो राजनीतिक दृष्टिकोण र विकास योजनाबारे जानकारी गराएका छन्। उनले भ्रष्टाचार र दलीय हस्तक्षेप अन्त्य गरी पारदर्शी तथा जवाफदेही शासन व्यवस्था आवश्यक रहेको बताए।

साहले कलैयामा सडक, सरसफाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस योजना रहेको उल्लेख गरे। साथै, युवाका लागि रोजगारी सिर्जना, महिलाको उद्यमशीलता प्रवर्द्धन र कृषिमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिने बताए।

घरदैलो अभियानका क्रममा उनले घण्टी चुनाव चिन्हमा मतदान गरी रास्वपालाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन्।

सम्बन्धित पोस्टहरुः