वीरगंज मानवसेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज , १६ माघ –

नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम, वीरगंजमा निशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। आश्रममा आश्रित आमा–बुबाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै आयोजित शिविरमा समग्र स्वास्थ्य परीक्षण र आवश्यक परामर्श प्रदान गरिएको थियो।

कार्यक्रम नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन संस्थाका सचिव ऋषि राज सत्यालले गरेका थिए। शिविरमा नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी र चिकित्सकहरूले सेवा प्रदान गर्दै सहभागीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।

स्वास्थ्य जाँचको क्रममा केही सहभागीमा आङ खस्ने समस्या, स्तनमा गाँठो, योनिमा घाउ, पिसाब चुहिने समस्या तथा पाठेघरसम्बन्धी समस्या देखिएका थिए। चिकित्सकहरूले आवश्यक परामर्श र उपचारसम्बन्धी सुझाव पनि प्रदान गरेका थिए।

कार्यक्रममा अध्यक्ष चौगाईले आश्रित नागरिकहरूको स्वास्थ्यप्रति संस्थाको चासो रहेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। शिविरमा मानसिक स्वास्थ्य औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोब लगायतका सामग्रीहरू निशुल्क वितरण गरिएको थियो।

सम्बन्धित पोस्टहरुः