मधेश साहित्यको आज दोस्रो दिन : बिभिन्न बिषयमा छलफल तथा विचारविमर्श

वीरगंज , १६ माघ –

मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित वीरगन्जमा बिहीबारदेखि सुरु भएको दोस्रो मधेश साहित्य महोत्सवको आज दोस्रो दिन हो । आयोजक उत्कर्ष नेपालका अध्यक्ष ऋतुराज पटेलका अनुसार आज दोस्रो दिनको पहिलो सत्रमा स्वास्थ्य र समानताको बारेमा डा.चितरंजन साह , अरविन्द लाल करण , आर्या रावल ,आमोद प्याकुरेलले सुर्यनारायण विकको सहजीकरणमा छलफल गरेका छन भने दोस्रो सत्रमा गाँव , संघर्ष र संरचना बिषयमा विजयकान्त कर्ण , हरि शर्मा र रामपुकार महराले डा भास्कर गौतमको सहजीकरणमा छलफल तथा चर्चापरिचर्चा गरेका छन ।

यसैगरी तेस्रो सत्रमा गाँव : विकास र विनास विषयमा विक्रम यादव , मधुकर उपाध्याय र जिएअन् क्षेत्री सहजकर्ताको राजेन्द्र सिंहको सहजीकरणमा छलफल गरेका हुन् भने चौथो सत्रमा गाँवका खबर , खबरका गाँव बिषयमा ओमप्रकाश खनाल , जगदीश शर्मा , माधवी कर्ण सालमा खातुनको सहजीकरणमा कुराकानी गरेका छन । पाँचौ सत्रमा गाँव काल आ आज बिषयमा प्रमोद पाण्डे , शिवनन्दन जैसवाल , आनन्द गुप्ता , पवन राजबंशी रिना चौधरीको सहजीकरणमा कुराकानी गरेका हुन् ।

यसैगरी गरी साझ बहुभाषिक कवि गोष्टि , नेटुवा नाच , गीत ,नाटक प्रस्तुत हुने छ ।

महोत्सव भोलिसम्म चल्ने छ ।

सम्बन्धित पोस्टहरुः