वीरगन्ज, १६ माघः अशोक राई नेतृत्वको जसपाका वीरगन्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा शुक्रबार आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा जसपाका महानगर अध्यक्ष यादवसंगै वडा नम्बर १५ का १२० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा लगायतले पार्टीमा स्वागत गरे ।
मधेसका बाँकी मुद्धाको सम्बोधन अब एमालेले नै सम्बोधन गर्ने भएकाले आँफुहरु जसपा त्यागेर एमालेमा प्रवेश गरेको उनले बताए । उनले भने,‘ अहिले केहि शक्ति विदेशीको इशारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षडयन्त्रमा लागेका छन् । उनिहरुको प्रतिवदा गर्ने राजनीतिक शक्ति यो मुलुकमा अब एमाले मात्रै छ । त्यसका कारण हामी एमालेमा प्रवेश गरेका हौं ।’
कार्यक्रमको प्रमुख अतिथी एमालेका केन्द्रिय सदस्य प्रभु हजराले जसपाका हानगर अध्यक्ष यादवसहितको एमाले प्रवेशले पर्सा–१ मा एमाले पार्टी थप मजबुत भएको बताए । यसले अब पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको जित थप सुनिश्चित बनेको उनले बताए ।
कार्यक्रममा एमाले जिल्ला सचिव महेश दास, नेता पुरुषोत्तम लाल झा, गगनदेव पटेल,उमेशलाल सहनीलगायतकाको पनि सहभागिता थियो।









