वीरगंज १६ माघ । मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग सिजन–३ अन्तर्गत आयोजना गरिएको खेलाडी अक्सन शुक्रवार वीरगंजस्थित होटेल क्लाक्र्स रिसोर्टमा सम्पन्न भएको छ।
१० वटा टिमको सहभागीतामा सञ्चालन हुने एमपिएल सिजन–३ आगामी फागुन २९ गतेदेखि चैत १० गतेसम्म आयोजना हुने आयोजकले जानकारी दिएका छन। उक्त अक्सन कार्यक्रममा विभिन्न टिमका प्रतिनिधिहरूको सक्रिय सहभागीता रहेको थियो भने अक्सन प्रक्रियामार्पmत लिगका लागि आवश्यक खेलाडीहरूको छनोट औपचारिक रूपमा सम्पन्न गरिएको थियो।
कार्यक्रमका सभापतिहरूमा जय प्रकाश खेतान र अनोज रूंगटा रहनुभएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, अनुसन्धान एसपी सन्तोष दुंगेल तथा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख सिंहले क्रिकेटजस्ता खेलकुद प्रतियोगिताले युवालाई अनुशासित, ऊर्जावान् तथा सकारात्मक सोचतर्पm अग्रसर गराउने बताउनुभयो। उहाँले मारवाडी प्रिमियर लिगले वीरगंजमा क्रिकेटको विकास, खेल प्रतिभाको पहिचान र खेल संस्कृतिको विस्तारमा महŒवपूर्ण योगदान पुर्रुयाउने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाहरूले खेलकुदमार्पmत युवालाई सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र सद्भावको भावना विकास गराउने उद्देश्यले एमपिएल सिजन–३ आयोजना गरिएको जनाएका छन। यस सिजनको प्रतियोगिता अझ प्रतिस्पर्धात्मक, अनुशासित र रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ।







