कृष्णा अस्पतालमा उपचारको क्रममा युवकको मृत्यु

वीरगंज, १६ माघ । वीरगंज ४ विर्तास्थित कृष्णा हस्पिटल प्रालिमा एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा,महागढीमाई नगरपालिका वडा नं ८ बेतावनाका चन्देश्वर माझीका २० वर्षीय छोरा हरेन्द्र माझी रहेका छन् ।

तीन दिन अघिदेखि उपचाररत माझीको अचानक स्वास्थ्यमा गडबडी हुदाँ उनको मृत्यु भएको जनाइएको छ । मृतक हरेन्द्रकी आमा अनिता देवीले छोराको उपचारमा चिकित्सक र अस्पतालले चरम लापारवाही गरेको आरोप लगाइन् । उनी आज विहानै ९ बजे खाना खान छोराले ईशारा गरे पनि एकैछिनमा उनको मृत्यु भएको खबर अस्पतालका चिकित्सकले सुनाउँदा आफुहरू आश्चर्यमा परेको उनले जनाइन् । उनले यो घटनाको सत्यतथ्य छानबिन हुनु पर्ने माग समेत गरेकी छन् । यो घटनाले पुरै माझी परिवार शोकमा डुबेको समेत उनले बताइन् । हरेन्द्र एक महिनादेखि क्षयरोगबाट ग्रसिट थिए । उनले सरकारी अस्पतालबाट क्षयरोग(टिबी रोग) को औषधि सेवन गर्दै आएका थिए । अत्यधिक खोकी लागेर गाह्रो भएपछि उनलाई थप उपचारको लागि वीरगंज ल्याइएको थियो ।

तर अवस्था विग्रिदा चिकित्सकले छेउमै रहेको नारायणी अस्पतालमा रेफर गर्नूको साटो कृष्णा अस्पतालमै उपचार गरिरहेकोको कारण उनको उपचारमा लापारवाही भएको परिवारजनको आरोप छ । यसै विषयमा,अस्पताल व्यवस्थापन पक्षले सबै आरोपलाई अस्वीकार गरेको छ । अस्पतालका ईमेरजेन्शी वार्डका मेडिकल अफिसर डा. सुदिप गुप्ताले उनको उपचारमा अस्पतालबाट कुनै लापारवाही नभएको जनाए ।

माझी भर्ना हुदाँ नै उनको अवस्था गम्भीर भएको भन्दै अस्पताल र चिकित्सकले शतप्रतिशत मेहिनेत गर्दा उनको ज्यान जोगाउँन प्रयास गर्दा समेत उनको ज्यान बचाउन नसकिएकोमा दुख लागेको डा. गुप्ताले बताए । उनको उपचारमा केही कति खर्च लागेको र के कारणले उनको मृत्यु भएको हो भन्ने कारण समेत अस्पताल पक्षले पीडित पक्षलाई जानकारी नगराएको उनले बताए ।

सम्बन्धित पोस्टहरुः